×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु

पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु

पेशावर- पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।

विस्फोटमा परी दर्जनौं घाइत भएका छन् ।उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरु अस्पताल तर्फ पठाइएको छ । स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्