×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

अमिताभ बच्चन काठमाडौँ आउँदै

अमिताभ बच्चन काठमाडौँ आउँदै

एजेन्सी-  भारतीय कलाकार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र अभिनेत्री परिणिती चोपडा चलचित्र छायाङ्कनका लागि नेपाल आउने भएका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने चलचित्र ‘ उँचाइ’ छायाङ्कनका लागि उनीहरू असोज तेस्रो साता नेपाल आउन लागेका हुन् ।

अक्टोबर ५ मा काठमाडौँबाट छायांकन सुरु हुने चलचित्र लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने बताइएको छ ।

चलचित्र युनिट एक महिना नेपालमा रहने चलचित्रको छायाङ्कन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ । अमिताभ काठमाडौँसम्म आइपुग्ने भए पनि हिमाली भेगमा छायाङ्कनका लागि जाने वा नजाने निश्चित भइसकेको छैन ।

मित्रताको कथा प्रस्तुत गर्ने चलचित्रमा नीना गुप्ताको पनि मुख्य भूमिका हुनेछ । चलचित्र आगामी वर्षको मध्यतिर हलमै रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

 
 

प्रतिकृया दिनुहोस्