×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागरिकता विधेयकविरुद्ध राजधानीमा आज नेमकिपाको विराेध सभा

नागरिकता विधेयकविरुद्ध राजधानीमा आज नेमकिपाको विराेध सभा

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ । कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ । न

याँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन् । पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ ।

उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस्