×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

अध्यक्ष ओलीद्वारा पाण्डे र भुषाललाइ पनि निलम्बन

अध्यक्ष ओलीद्वारा पाण्डे र भुषाललाइ पनि निलम्बन

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुषाललाई पनि कारबाहीको घोषणा गरेका छन् ।  पार्टीहित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुषाललाई ओलीले बिहीबार ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए । 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष  ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनीहरुको जवाफ चित्त बुझ्ने नभएकाले अध्यक्षले निलम्बनको निर्णय गरेको जानकारी दिए । 

चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेपालसहित रावल, पाण्डे र भुसालले पार्टी हित विपरितको गतिविधि गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोअनुसार चैत ८ गते महासचिव ईश्वर पोखरेलले चारै जनालाई स्पष्टीकरण सोधेकोमा नेपाल र रावलले चैत १२ मा उल्टै ओलीलाई प्रश्नको वर्षा गर्दै स्पष्टीकरण बुझाएका थिए भने पाण्डे र भुषालले चाहिँ मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए । 

प्रतिकृया दिनुहोस्