काठमाडाैँ- एकीकृत समाजवादी पार्टीका ध्यक्ष माधवकुमार नेपालले पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद दिएका छन् । आफ्नै दलकाे प्रतिनिधित्व गर्दै शेरबहादुर देउवा नेतृत्वकाे सरकारमा पर्यटनमन्त्री बनेका आलेलाई नेपालले धन्यवाद दिएका हुन् ।
मन्त्री आलेले यसअघि नारायणहिटी दरबारमा बन्ने भनिएकाे रेष्टुरेन्ट राेकेका थिए । मन्त्री आलेले बतास कम्पनीले बनाउने भनिएकाे रेष्टुरेन्ट निर्माणमा राेक लगाएपछि वाहवाही कमाइरहेका छन् । यसैबेला कृतज्ञ हुँदै अध्यक्ष नेपालले पनि धन्यवाद दिएका हुन् ।
नेपालले नारायणहिटी एउटा इतिहास स्थल भएकाे भन्दै त्यहाँकाे संरचना भत्काउनुकाे साटाे संरक्षण गर्नुपर्ने बताए । ‘त्यहाँ मन्त्रीजीले राेक लगाउनुभए छ, उहाँलाई धन्यवाद । त्यस्ताे स्थलहरू भत्काउनु हुँदैन । संरक्षण गर्नुपर्छ । याे विश्वले नै चिन्ने स्थलकाे रूपमा प्रवर्द्धन गर्नुपर्छ ।’