×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

सुरेन र प्रतिमाको राधा प्यारीमा गरिमा र प्रिन्स (भिडियोसहित)

सुरेन र प्रतिमाको राधा प्यारीमा गरिमा र प्रिन्स (भिडियोसहित)

काठमाडौं- गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ ।

किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।  

भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयंकै छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन  र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् ।  

प्रतिकृया दिनुहोस्