धनगढी - कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय (गोराङ्गे ब्यारेक) को टोलीले बिहीबार बिहान फायरिङ अभ्यास गरिरहेको थियो। सोही क्रममा अचानक ग्रिनेड विस्फोट भई दुर्घटना भएको हो।
विस्फोटमा परी गम्भीर घाइते भएका सैनिक हुद्दा हिमाल विक्रम विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनको शरीरका विभिन्न भाग र हत्केलामा ग्रिनेडको छर्रा लागेको थियो।
घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहे तापनि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।