×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक: ६४.६९% विद्यार्थी उत्तीर्ण

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक: ६४.६९% विद्यार्थी उत्तीर्ण

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी १ लाख २९ हजार ११४ जना विद्यार्थीमध्ये ६४.६९ प्रतिशत अर्थात् ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।

नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए ल्याएका छन् भने १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्। परीक्षा मर्यादा विपरीत कार्य गर्ने ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। विद्यार्थीले बोर्डको वेबसाइट, आईभीआर र एसएमएसमार्फत नतिजा हेर्न सक्नेछन् भने चित्त नबुझेमा अनलाइनबाटै पुनर्योगको आवेदन दिन सक्ने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्