×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली नेपाली राजनीतिका खलनायक हुन् : प्रचण्ड

ओली नेपाली राजनीतिका खलनायक हुन् : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली राजनीतिका खलनायक भनेका छन् ।

शनिवार रौतहट कटहरामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली गणतन्त्र विरोधी हुन् । लोकतान्त्रिक व्यवस्थालाई नसुहाउने नेता हुन् उनी । उनले जनताले चुनेको पठाएको नेताहरूको सार्वभौम संसद् पटक पटक विघटन गरे । उनी खलनायक हुन् नेपाली राजनीतिको ।’

यस्तै प्रचण्डले माओवादीलाई सिध्याउन खोजिँदै गरेको दाबी गरे । ‘माओवादीविरुद्ध शक्तिहरू एक ठाउँमा आउँदैछन्,’ प्रचण्डले भने, ‘यस्तो हिजो पनि भएको थियो । हिजो माओवादी र नेतृत्वको हिसाबले प्रचण्डमाथि अनेक हल्लाहरू फिँजाइए । माओवादीले संघीयता छोड्यो भयो । तर,यथार्थमा त्यो थिएन । यो आज पुष्टि भयो ।’

प्रतिकृया दिनुहोस्