काठमाडौं - अप्ठ्यारोमा रहेका नागरिकको सहायताको लागि निरन्तर खटिरहेको हाम्रो टिम नेपालले नेपाल पत्रकार महासंघलाई अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराएको छ । हाम्रो टिमले उक्त सिलिन्डरहरु नेपाल पत्रकार महासंघ अध्यक्ष बिपुल पोखरेललाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा अध्यक्ष पोखरेल सहित महासचिव रोशन पुरी र महासंघ पूर्व केन्द्रिय सचिव प्रकाश थापाको उपस्थिति थियो।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको सन्दर्भमा अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकार तथा सञ्चारकर्मी पनि दोस्रो लहरको कोरोना भाइरसबाट नराम्ररी प्रभावित हुन थालेपछि पत्रकार महासंघले आइसोलेसन सेन्टर निर्माण गरेको हो । आइसोलेन सेन्टर १० बेड क्षमताको रहेको छ ।