×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुलमान नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीश जबराको इजलासमा

कुलमान नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीश जबराको इजलासमा

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन् । आज पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन् ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए । आफूलाई गैरकानुनी रूपमा हटाएर सरकारले घिसिङलाई प्रमुख कार्यकारी नियुक्त गरेको शाक्यको जिकिर छ ।

यसअघि प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।

गत साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणमा पुनःनियुत्तिः र शाक्यलाई ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्ति दिने निर्णय गरेको थियो । यसअघि घिसिङको कार्यकाल सकिँदै गर्दा ओली सरकारलाई पनि घिसिङको कार्यकाल थप्न जनस्तरबाट दबाब परेको थियो ।

प्रतिकृया दिनुहोस्