×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

नयाँदिल्लीमा सोमबार रातिदेखि एक साताको लागि लकडाउन घोषणा

नयाँदिल्लीमा सोमबार रातिदेखि एक साताको लागि लकडाउन घोषणा

काठमाडौं -कोरोना संक्रमणकाे दर दिनानुदिन बढ्न थालेपछि भारतको राजधानी नयाँदिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

एक साताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गरेका छन् । उनले अत्यावश्यक सेवा यो अवधिमा पनि सञ्चालन हुने बताएका छन् । विवाहका लागि नरोक्ने तर  ५० जनाभन्दा धेरै भेला हुन नपाइने उनको भनाइ छ ।

केजरीवालले पछिल्लो केही समययता दैनिक २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिइरहेको भन्दै यो निर्णय गर्नु आफ्नो बाध्यता रहेको बताएका छन् । यो लकडाउनले कोरोना संक्रमण अन्त्य नभए पनि संक्रमण दरमा कमी ल्याउन सक्ने बताए ।

केजरीवालले पछिल्लो समय दिल्लीको स्वास्थ्य प्रणालीमा नै समस्या बढेकाले लकडाउनको समयमा दिल्लीमा संक्रमितको लागि अक्सिजन, औषधि, बेडको संख्या बढाउनेजस्ता काम हुने बताए । उनले सबैलाई घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्