काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् ।
बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकको समापनका क्रमको सम्बोधन गर्दै ओलीले सार्वजनिक कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका हुन् ।
ओलीले भने ‘एउटा कार्यक्रममा पाँचजनासम्म वक्ता राखौं । यसमा व्यक्ति हेरेर होइन नियम नै बनाऔं । खादा मालाको खात लगाउने पनि होइन । नेता भनेको सेवक हो, हाकिम होइन । आफ्नो समाज अनुकूल चल्ने र जनतासँग जोडिने व्यक्ति नेता हो ।’
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अधिकतम ५ जना मात्र बक्ता राख्न र उनीहरुलाई मात्र मञ्चमा राख्न, खादामाला कम गर्न समेत निर्देशन दिइएको छ ।