×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

गायिका रचना र नविनको 'चट्ट माया' सार्वजनिक

गायिका रचना र नविनको 'चट्ट माया' सार्वजनिक

काठमाडौँ - गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'चट्ट माया' बोलको गीतमा मिलन विष्टको शब्द रहेको छ । गीतको संगीत गायक रावलले नै तयार गरेका हुन् ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । 'शिव दर्शन फिल्मस्'को प्रस्तुतीमा बनेको भिडियोलाई गायत्री थापाले निर्माण गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्