काठमाडौं - बुद्ध जयन्तीको अवसर पारेर दुईवटा नेपाली चलचित्र ‘पुजार सार्की’र ‘फर्की फर्की प्रदर्शनमा आएका छन् ।
दिनेश राउतले निर्देशन गरेको चलचित्र‘पुजार सार्की’मा प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् । त्यस्तै फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् ।
केही दिन अघिदेखि अग्रिम टिकट बुकिङ खुला गरिएका चलचित्रले उत्साहजनक शोहरू पाएका छन्।