×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चितवनमा एमालेले महाधिवेशन गर्नुलाई ‘नेगेटिभ’ रूपमा लिएको छैन : प्रचण्ड

चितवनमा एमालेले महाधिवेशन गर्नुलाई ‘नेगेटिभ’ रूपमा लिएको छैन : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेकपा एमालेले चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नेगेटिभ रूपमा नलिएको बताएका छन् । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले नेगेटिभ नलिएको उनको भनाई थियो । उनले अगाडि भने, ‘यसलाई पोजेटिभ नै लिएको छु । किनभने, देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जङ्गलको स्थिति बुझेर जानु भनेको हामी चितवनवासीहरूको लागि खुसीको कुरो हो ।’

प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गरेर यहाँको विकास देखेको टिप्पणी गरे । ‘हुँदा हुँदा अब त राजनीतिको केन्द्र पनि चितवन भएको छ’, प्रचण्डले भने, ‘केही दिनअगाडि यहाँ मेला जस्तै गरी मान्छे भेला भएर नारायणी के हो, चितवन के हो, यहाँको भौतिक पूर्वाधार के हो देखेर जाने त एउटा कुरा भयो । चितवनमा विकास त भएको रहेछ भन्ने कुरा उपस्थित भएका मान्छेहरूले देखेर गए नै । त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्त्व के हो भन्ने कुरा पनि स्थापित गरेर गएको लाग्छ ।’

 

प्रतिकृया दिनुहोस्