×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘श्रीमती’का कारण कपिल शर्मा तनावमा !

‘श्रीमती’का कारण कपिल शर्मा तनावमा !

बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् ।

सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन् ।

सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् । सुमोनाका अनुसार उनी होम क्वारेन्टाइनमा छिन् । उनले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गरेकी छन् ।

प्रतिकृया दिनुहोस्