×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन तोलामा दुई सय बढ्यो

सुन तोलामा दुई सय बढ्यो

काठमाडौँ,  -  सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० कायम भएको छ । शुक्रबार प्रतितोला रु ९१ हजार ४०० मा यसको कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस्