×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहित नियुक्त

राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहित नियुक्त

काठमाडौं -  रोहित कुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा नियुक्त गरेको हो ।
यस अघि नेपाली टोलीको उपकप्तान दिपेन्द्र सिंह ऐरी रहेका थिए ।क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिज अघि पौडेललाई उपकप्तान नियुक्त गरेको हो । 
 नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । आगामी जुनमा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  यस अघि क्यानले राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन गर्दै सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो । 

प्रतिकृया दिनुहोस्