×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

वाई-वाई यु-१९ क्रिकेट प्रतियोगीताको लागी टोली छनोट

वाई-वाई यु-१९ क्रिकेट प्रतियोगीताको लागी टोली छनोट

बैतडी-मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ ।

जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो । टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द, वीरेन्द्रनाथ, श्याम साउद, नरेन भट्ट, भूपेन्द्र चन्द, वीरेन्द्र चन्द, हेमन्त चन्द, विशाल चन्द, नीरज रावल र सुरेन्द्र ऐरी रहेका छन् ।

यस्तै धीरज मल्ल, सन्तोष चन्द, दीपेन्द्र भण्डारी र जीवन चन्द वैकल्पिक खेलाडीको रुपमा छनोट भएका सङ्घका अध्यक्ष लालबहादुर चन्दले बताउनुभयो । प्रशिक्षकका रुपमा शेरसिंह खत्री र टिम व्यवस्थापकमा लोकराज जोशीलाई चयन गरिएको जनाइएको छ ।

छनोट भएको टोली कात्तिक २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने भएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको १९ वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले १९ वर्षमुनीको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ४ गतेदेखि १९ वर्षमुनीको राष्ट्रिय प्रतियोगिता हुँदैछ ।

प्रतिकृया दिनुहोस्