काठमाडौं - सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिका लागि सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई कामु प्रधानसेनापतिका लागि सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ ।
शर्मालाई साउन २४ देखि लागू हुनेगरी नेपाली सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापा अवकाशका लागि अग्रिम बिदामा बस्न लागेकाले सरकारले शर्मालाई कामु प्रधानसेनापतिका लागि सिफारिस गरेको हो । वरीयताका आधारमा शर्मा प्रधानसेनापति थापापछिका रथी हुन् ।