काठमाडौँ- भारतमा सत्तारुढ भाजपा नेतृत्वको एनडीए गठबन्धनले द्रौपदी मुर्मुलाई आगामी राष्ट्रपतिको रुपमा अघि सारेको छ। राष्ट्रपतीय निर्वाचन नजिकिएसँगै भाजपाले आफ्नो उम्मेदवार घोषणा गरेको हो। उनले आगामी शनिबार पदको लागि मनोनयन दर्ता गराउनेछिन्।
मुर्मु झारखण्डकी पूर्व गभर्नर हुन्। आफूलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा छानेकोमा उनले खुसी व्यक्त गरेकी छिन्। उनले पहिलोपटक राष्ट्रपति पदको लागि महिलालाई विश्वास गरेको भन्दै एनडीए गठबन्धनप्रति आभार व्यक्त गरेकी छिन्।
भाजपाले राष्ट्रपतिको उम्मेदवारको लागि प्रारम्भिक सूचीमा २० जनाको नाम छानेको थियो। त्यसमध्ये पूर्वी भारतकी महिला उम्मेदवारको रुपमा मुर्मुलाई छानेको हो।
यसअघि ने प्रतिपक्षीले यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारिसकेको छ। भारतमा राष्ट्रपतिको लागि जुलाई १८ मा मतदान हुँदै छ।