काठमाडौं - अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबल २०२३ अन्तर्गत आज शुक्रबार तीन वटा खेल हुँदैछन् ।
पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड खेल्दैछन् । यो खेल विहान पौने ११ बजे न्युजिल्याण्डमा हुनेछ । यस्तै, समूह बीको नाईजेरिया र क्यानडाबीचको खेल विहान पौने ९ बजे अष्ट्रेलियाको मेलवर्नमा सुरु हुनेछ ।
आजै समूह सीमा रहेका स्पेन र कोस्टारिकाको खेल पनि हुँदैछ । यो खेल दिउँसो सवा १ बजे न्युजिल्याण्डको विलिङ्टनमा हुनेछ ।
विहीबारदेखि सुरु भएको विश्वकपमा आयोजक देश अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् । विश्वकपमा ३२ देश सहभागि छन् ।