×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

महोत्तरीमा रातु नदीको बाढी पस्दा ९ सय घर डुबानमा

महोत्तरीमा रातु नदीको बाढी पस्दा  ९ सय घर डुबानमा

एजेन्सी -महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको छ।
बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ। बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए।
उनकाअनुसार बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको छ। घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको उनले बताए। जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको उनले बताए। दुई दिनदेखि लगातार पानी पर्दा बाँध भत्केको हो।

प्रतिकृया दिनुहोस्