×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बारामा हत्याको आरोपमा एक पक्राउ

बारामा हत्याको आरोपमा एक पक्राउ

काठमाडौँ- प्रहरीले बारामा हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका-९ का ३१ वर्षीय बजरंगी साह तुरहालेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

उनका अनुसार जेठ २६ गते तुरहालेले सोही स्थान बस्ने ७२ वर्षीय अहमद मिँया चुडिहारको हत्या गरेका थिए। तुरहालेले निर्मम तरिकाले चुडिहारको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ।

‘तुरहालेले चुडिहारलाई पैसा राख्न दिएका रहेछन्’, उनले भने,‘राख्नलाई दिएको पैसा लिनलाई अप्ठ्यारो भएपछि आवेशमा आएर चुडिहारको हत्या गरेको रहेछ।’

 

प्रतिकृया दिनुहोस्