×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनाङे किन गर्दैछन् मुख्यमन्त्रीमा दाबी ?

मनाङे किन गर्दैछन् मुख्यमन्त्रीमा दाबी ?

पोखरा : मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोके । बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तापछि दुई मन्त्रीले जिम्मेवार ग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

गण्डकी प्रदेशमा भौतिक र अर्थ मन्त्रायको किचलो छ । वैशाख २९ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भने मुख्यमन्त्रीले तोकेको मन्त्रालयमा जान मानिरहेका छैनन् ।

मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका छन् । उनले भौतिक पूर्वाधार मन्त्रालय नपाए मुख्यमन्त्री पाउनु पर्ने बताइरहेका छन् । बिना विभागीय मन्त्री मनाङेले आफू भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति भएको बताउँदै आएका छन् ।

मन्त्री मनाङेले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखेक्दै प्रदेश सरकारलाई अप्ठ्यारो पार्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस्