काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।
वर्तमान अवस्था मा कार्यकारी निर्देशकमा शाक्य भए पनि उहाको कार्यसम्पादन सन्तोष जनक नरहेको भन्दै पम्फा भुसालले प्रधानमन्त्री देउवालाई भेटेर ब्रिफिङ गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ले शाक्य हटाउने कुरा अघि बढाएर कार्यकारी निर्देशकमा कुलमान लाइ नियुक्त गर्न बताएका छन् ।
कुलमान घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउबासँग छलफल गरेर सहमति जुटाएका थिए । अघिल्लो कार्यकालको कार्यम्पादनको आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक-पटक आग्रह गरेका थिए ।