×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुरे दोहन गरेर व्यापार घाटा कम गर्छु भन्नु घर जलाएर खरानीको व्यापार गर्छु भन्नुजस्तै: देउवा

चुरे दोहन गरेर व्यापार घाटा कम गर्छु भन्नु घर जलाएर खरानीको व्यापार गर्छु भन्नुजस्तै: देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुरे दोहन किमार्थ स्वीकार्य नरहने बताएका छन् । बुधबार (आज) विज्ञप्ति जारी गर्दै सभापति देउवाले चुरे दोहन गरेर व्यापार घाटा कम गर्नु, घर जलाएर खरानीको व्यापार गर्नुजस्तै रहेको बताएका हुन् ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ गठन गरेको र त्यसले बनाएको मापदण्डका आधारमा ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको स्मरण गर्दै देउवाले विज्ञप्तिमार्फत भनेका छन्— ‘सो नीति र निर्णयलाई विस्थापित गर्दै व्यापार घाटा न्यूनीकरण गर्न भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु खरानीको व्यापार गर्न घर जलाए जस्तो मात्रै हो ।’

देशले वर्षौंंदेखि व्यापार घाटा व्यहोरिरहेको भएपनि त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम स्वीकार्य नहुने सभापति देउवाको भनाइ छ ।

यसअघि आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतले पनि चुरे दोहन नगर्न सरकारलाई सुझाएका छन् ।

गत जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमार्फत सरकारले चुरे निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति लिएको घोषणा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्