आईएसओ २७००१ः २०१३ मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई क्वालिटि अष्ट्रियासँग आबद्ध सर्टिफिकेटिक इन्फरमेशन शेक्युरिटि सर्भिसेज जीएमबीएच यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो ।
यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।
बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।