×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पिएसजी विजयी

पिएसजी विजयी

काठमाडौँ- प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २-१ को जित निकाल्यो ।

उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र अर्नाउ कालीमुइन्डो मुइंगाले समान एक गोल गरे । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए । प्रि-सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २-० को जित निकालेको थियो ।

प्रतिकृया दिनुहोस्