काठमाडौं- हिन्दु राष्ट्र माहाअभियानका संयोजक हेमविक्रम सिलवालले आत्महत्या गरेका छन् । लामो समयदेखि राजतन्त्र फर्काउने अभियानमा सक्रिय रहेका उनले बिष सेवन गरेर आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नुपूर्व उनले सामाजिक संजालमा स्टाटस लेख्दै राजतन्त्र र हिन्दु राष्ट्रका निम्ति आफूले लामो संघर्ष गरेको तर पूर्वराजाकै सचिवले आफूलाई एक पटक पनि भेट गर्ने अवसर नदिएको उल्लेख गरेका छन् । उनले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र हिन्दुराज्य भनेर हिँड्दा आफ्नो सबै थोक सकिएको पनि बताएका छन् ।
सिलवालले खेलेका छन्, ‘जिबनमा मैले ठुलो भुल गरे ! मैले राजनीति गर्नु राष्ट्र , राष्ट्रियता , प्रजातन्त्र , राजसंस्था र हिन्दुअधिराज्य भनेर देश र जनता भनेर हिड्दा मेरो सबै थोक सकिएछ ! मेरो पिता पुर्खाको नास्व भनेर नेपाली हुनुमा गर्व लाग्न पनि छौडयो ! १४ बर्ष स्वतन्त्र नागरिक समाज भनेर समाजलाई जागरण र जागरुक बनाउने काम गरे तर मेरो समाजले मुल्यांकन गरेनन् ! भिमशेन थापाले पनि त्यसै आत्महत्या गरेको होइन रहेछ ! मल्ल कालमा भिम मल्लको श्रीमतीले त्यसै सराप दिएको होइन रहेछ ! नेपालमा देश र जनता भन्नेहरुको हालत यस्तै हुदा रहेछन ! हामी जस्तो जनमिनु नै बेकार रहेछ ! देश भन्नु त मर्नु पर्ने रहेछ , जिउँदै मर्नु पर्ने रहेछ !’
उनले मुलुकमा चुनाव आएपछि बुद्धिजीव , पत्रकार र आमनागरिक मासु–भात र पैसामा बिक्ने गरेको बताएका छन् । ‘यहाँ को बुद्धिजीवी , पत्रकार आमनागरिक चुनाव आए पछि मासु भात पैसामा बिक्दा रहेछन् ! मलाई स्व पुर्ब मान्त्री खुमबहादुर खड्काले भनु हुन्थ्यो भाइ नेपालमा चुनाव जित्न पैसा चाहिन्छ भन्थे मैले पत्याइन तर हो रहेछ ! जनतालाई देश होइन मासु भात दारु पैसा भए पछि केही नचाहिदो रहेछ ! चुनाव नआउन्जेल नेतालाई गाली वेजति गर्ने ! चुनाव आए पछि मासु भात पैसामा भोट हाल्ने ! हाम्रो समाज कसरी बिकास निकासको बाटोमा हिड्नु ! १२ बर्ष रामायण सुनाए सीता कस्को जोइ भन्दा रावर्णको भने झै भयो !’
सिलवालले मुलुकमा राजतन्त्र आउन नदिनुमा पूर्वराजाकै सचिवालयका व्यक्ति जिम्मेवार भएको आरोप लगाएका छन् । उनले नाम नै उल्लेख गरेर भनेका पुर्वराजा शाहका सचिव सागर तिमल्सिना र डा फडिन्द पाठक नेपालमा राजसंस्था र हिन्दुराज्य ल्याउन नदिने र राजसंस्था खतम पार्ने खेलमा लागेको दाबी गरेका छन् । ‘राजसंस्था , हिन्दुराज्यको मुद्दा लिएर हिड्दा सबैको तारो ! तर राजाको सचिव मलाई राजा भेट्न दिदैन्न ! नेपालमा राजसंस्था र हिन्दुराज्य नल्याउन राजाको सचिव सागर तिमल्सिना र डा फडिन्द पाठक लागेका छन् ! राजाको नजिक भएर राजसंस्था खतम पार्ने ! राजालाई हामीले राम्रो सबै मिलाई राछौ भनेर झुठो आश्वासन दिने ! जस्ले देश बुझेको छ ! उसलाई राजा संग भेटघाट नगराओने आफ्नो आफन्त आस्य पास्य आफ्नो भजन मन्डली लाई भेटाउने राजाको भन्दा नि आफ्नो गित गाउन लगाउने ! यस्तो पाराले नेपालमा राजसंस्था र हिन्दुराज्य कहिले आउदैन !’
राजसंस्था र हिन्दुअधिराज्य भनेर १४ बर्षसम्मआन्दोलन, धर्ना, विचा गोष्टी विरोध प्रदर्शन र नेपाल सरकारलाई ज्ञापनपत्र दिएर जागरण कार्यक्रम गरेर आफ्नो पुर्खाको सम्पति सकिएको र आफू जोगी भएको तर आफू एक पटक पूर्वराजासँग कुरा गर्ने वातावरण नमिलेको उनले स्टाटसमा उल्लेख गरेका छन् ।