×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्पतालले मृत घोषित गरेको शिशु दाहसंस्कारमा लैजाँदा चल्मलाएपछि....

अस्पतालले मृत घोषित गरेको शिशु दाहसंस्कारमा लैजाँदा चल्मलाएपछि....

काठमाडौँ- कोशी अस्पतालले मृत घोषणा गरिएको शिशु दाहसंस्कार गराउन लाग्दा  जीवित  भेटिएका छन्। उनलाई आज  कोशी  अस्पतालले मृत घोषणा गरेको थियो। तर,  दाहसंस्कार गराउन लगिएको बेला जिउँदै भेटिएपछि उनलाई  उपचारका लागि अस्पताल फर्काइएको हो।

१७ दिनको शिशुलाई आज बिहान कोशी अस्पतालमा उपचारको लागि लगेका थिए। तर, उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि आफन्तले दाहसंस्कार गर्ने बेलामा शिशुको शरीर चल्न थालेपछि अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

यता,  शिशु जीवितै पाइएपछि आक्रोशित भएका आफन्तले ड्युटीमा खटिएका  दुईजना चिकित्सकमाथि कुटपिटसमेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस्