×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनकाे भाउ ८ सय रुपैयाँले घट्याे

सुनकाे भाउ ८ सय रुपैयाँले घट्याे

काठमाडौं - सुनको भाउ आज पनि घटेकाे छ । हिजो तोलाको एक लाख ५६ हजार चार सय रहेकाे सुनकाे भाउ आज आठ सयले घटेर एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । गएको तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्