×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादी केन्द्रकाे कारवाहीमा परे मन्त्री बनेका चार सांसद

माओवादी केन्द्रकाे कारवाहीमा परे मन्त्री बनेका चार सांसद

काठमाडाै - नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रबेश गरेका चार सांसद कारबाहीमा परेका छन् । केपी शर्मा ओलीकाे सरकारमा मन्त्री रहेका चार सांसदलाई कारबाही गरीएकाे हाे । मंगलबार माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रतिनिधि सभामा विजय भएका टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई सांसदबाट निलम्बन गरेको हो।

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार सांसदहरुलाई कारबाही गरिएको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिए। ओली सरकारमा ऊर्जामन्त्री रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री भट्ट कैलाली–४, शहरी विकासमन्त्री साह रौतहट–३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली–३ बाट तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि यी  चार मन्त्रीहरु एमाले प्रवेश गरेका थिए। त्यस्तै माओवादीतर्फबाट राष्ट्रिय सभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापालाई भने कारबाही गरिएको छैन्।

प्रतिकृया दिनुहोस्