×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विद्यालय बन्द गर्ने अधिकार स्थानीय सरकारलाई !

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा उपस्थित सरोकारवालाहरुले विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भनी निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिन सुझाव दिएका छन् ।

कोरोना संक्रमणको जोखिमलाई देखाएर देशभरका विद्यालय एकसाथ बन्द नगर्न उनीहरुले जोड दिएका छन् । छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एकठाउँमा कोभिड संक्रमणको जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यवहारिक नहुने बताउनुभयो । उहाँले जुन ठाउँमा प्रभाव परेको छ त्यहिंको स्थानीय सरकारलाई बन्द गर्ने निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब यो समस्याको समाधान गर्ने हो भने स्थानीय सरकारहरुलाई नै यसको अधिकार दिनुपर्छ । माथिबाट निर्णय गर्ने कुरा पूर्णरुपमा छोड्नुपर्छ ।’

एन प्याब्सनका महासचिव सुवास न्यौपानेले हल्लाको भरमा विद्यालय बन्द गर्न नहुने भन्दै जस्तो सुकै प्राकृतिक प्रकोपको अवस्थामा पनि बालबालिकाहरु शिक्षण सिकाईबाट बञ्चित हुन नहुने विचार राख्नुभयो । जस्तोसुकै प्राकृतिक प्रकोपको अवस्थामा पनि बालबालिकाहरु शिक्षण सिकाईबाट बञ्चित हुन नहुने विचार राख्नुभयो । कोभिड–१९ संक्रमण उच्च भएको अवस्थामा राजनीतिक नेतृत्वहरुले जुलुस निकाल्दा कोभिड नलाग्ने तर स्वास्थ्य मापदण्ड अपनाई पढाई गर्दा विद्यालय बन्द गर्नुपर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने पनि बताउनुभयो ।

छलफलमा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्द गर्ने भन्दापनि स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउनुपर्ने बताउनुभयो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम थपलियाले भने छलफलमा उठेका विषय र सुझावलाई निर्णय गर्दा ध्यान दिइने बताउनुभयो ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा उपस्थित सरोकारवालाहरुले विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भनी निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिन सुझाव दिएका छन् ।

कोरोना संक्रमणको जोखिमलाई देखाएर देशभरका विद्यालय एकसाथ बन्द नगर्न उनीहरुले जोड दिएका छन् । छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एकठाउँमा कोभिड संक्रमणको जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यवहारिक नहुने बताउनुभयो । उहाँले जुन ठाउँमा प्रभाव परेको छ त्यहिंको स्थानीय सरकारलाई बन्द गर्ने निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब यो समस्याको समाधान गर्ने हो भने स्थानीय सरकारहरुलाई नै यसको अधिकार दिनुपर्छ । माथिबाट निर्णय गर्ने कुरा पूर्णरुपमा छोड्नुपर्छ ।’

एन प्याब्सनका महासचिव सुवास न्यौपानेले हल्लाको भरमा विद्यालय बन्द गर्न नहुने भन्दै जस्तो सुकै प्राकृतिक प्रकोपको अवस्थामा पनि बालबालिकाहरु शिक्षण सिकाईबाट बञ्चित हुन नहुने विचार राख्नुभयो । जस्तोसुकै प्राकृतिक प्रकोपको अवस्थामा पनि बालबालिकाहरु शिक्षण सिकाईबाट बञ्चित हुन नहुने विचार राख्नुभयो । कोभिड–१९ संक्रमण उच्च भएको अवस्थामा राजनीतिक नेतृत्वहरुले जुलुस निकाल्दा कोभिड नलाग्ने तर स्वास्थ्य मापदण्ड अपनाई पढाई गर्दा विद्यालय बन्द गर्नुपर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने पनि बताउनुभयो ।

छलफलमा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्द गर्ने भन्दापनि स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउनुपर्ने बताउनुभयो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम थपलियाले भने छलफलमा उठेका विषय र सुझावलाई निर्णय गर्दा ध्यान दिइने बताउनुभयो । जन आश्था साप्ताहिकमा खबर छ l

प्रतिकृया दिनुहोस्