×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

लामिछानेलाई समेट्दै नेपालको टिम घोषणा,सूर्य पहिलो पटक टोलीमा

लामिछानेलाई समेट्दै नेपालको टिम घोषणा,सूर्य पहिलो पटक टोलीमा

काठमाडौं - नेपाल क्रिकेट संघले आईसीसी विश्वकप क्रिकेट लिग-टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ ।

क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै १४ सदस्सीय टिम घोषणा गरेको हो । क्यानको निलम्बन फुकुवापछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।   

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए।

यस्तै टोलीमा सन्दीप जोरा, कुशल मल्ल र भिम सार्कीले पुनरागमन गरेका छन्। सुर्य तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।  नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।  

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ ।

नेपाली टोली -

रोहित पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ

वैकल्पिक खेलाडी 

आरिफ शेख, प्रतिश जी.सी,श्याम(मौसम) ढकाल र अर्जुन साउद 

 

प्रतिकृया दिनुहोस्