काठमाडौं- नेकपा एकीकृत समाजवादीले वामपन्थी एकताको पहल गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयले बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा कार्यदल गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
कार्यदल सदस्यमा गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला छन् । अब कार्यदलले सबै वामपन्थीहरूसँग छलफल गर्ने बताइएको छ ।