×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेती प्रादेशिक अस्पतालमा तीन कोभिड सङ्क्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा तीन कोभिड सङ्क्रमितको मृत्यु

धनगढी - सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरिया गाउँपालिका ५ का ४० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै अस्पतालको प्रयोगशालामा ३६६ को नमूना परीक्षण गर्दा १०४ मा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । अस्पतालमा ५७  कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् ।
 त्यसमध्ये नौ जना सघन उपचारकक्ष, तीन जना भेन्टिलेटरमा र ३५ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन् । 

प्रतिकृया दिनुहोस्