×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से ५४ अंकले बढ्यो, १४ अर्बमाथिको कारोबार

नेप्से ५४ अंकले बढ्यो, १४ अर्बमाथिको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा भारी वृद्धि देखिएको छ । यस दिन ५४.३१ अंकले बढेर परिसूचक ३०५८.६३ विन्दुमा उक्लिएको छ । यस सेन्सेटिभ परिसूचक समेत ११.७४ अंकले बढेर ५७४.०२ अंकमा पुगेको छ ।

यस दिन २ सय २३ कम्पनीको ४ करोड ४१ लख १४ हजार ७ सय ६० कित्ता सेयर १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपैयाँमा खरिदबिक्री भयो ।

यस दिन होटेल तथा पर्यटन र म्युचुअल फण्डबाहेक सबै समूहगत परिसूचक हरिया भए ।

यस दिन हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड, सपोर्ट लघुवित्त, राधी, कालिका पावर कम्पनी लिमिटेड, पञ्चकन्या माइ हाइड्रो, युनिभर्सल पावर कम्पनीलगायत कम्पनीका सेयर १० प्रतिशतभन्दा बढीले बढेका छन् ।

प्रतिकृया दिनुहोस्