×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गठबन्धनका नेताले मत माग्ने नाममा जनता तर्साए : अध्यक्ष ओली

गठबन्धनका नेताले मत माग्ने नाममा जनता तर्साए : अध्यक्ष ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउँदैमा जनता नतर्सने बताएका छन् । आइतवार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरूले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको भन्दै कसैले तर्साउदैमा जनता नतर्सने बताएका हुन् ।

एमालेले अघि सारेका विकास योजनालाई वर्तमान सरकारले अवरुद्ध पारेको भन्दै ओलीले वैशाख ३० गतेको चुनावमा जनताले जरादेखि टक्टक्याएर फ्याक्ने जिकिर गरे । अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने समेत बताए ।

उनले मुलुकलाई समृद्धिको दिशतर्फ अघि बढाउनका साथै संघीय र प्रदेश सरकार बनाउँदा विनियोजित हुने बजेट अलपत्र हुनबाट जोगाउन एमाले जित आवश्यक रहेको धारणा राखे ।

यसअघि एमालेले बुटवल नगरमा धेरै नै विकासका काम गरेको भन्दै थप विकासको जिम्मा पनि एमालेलाइ दिन उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्