×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ ।

अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको हो ।

नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो । लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

अब भने उक्त मुद्दाको सुनुवाइ निरन्तर हुने भएको हो । यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्चअदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

प्रतिकृया दिनुहोस्