×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

राष्ट्र बैंकले वित्तीय संस्थालाई ट्रेडिङ गर्नबाट लगायो रोक

राष्ट्र बैंकले वित्तीय संस्थालाई ट्रेडिङ गर्नबाट लगायो रोक

नेपाल राष्ट्र बैंकले बैंकबाट शेयर बजारमा हुने लगानीलाई थप कडाइ गरेको छ । मंगलवार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न कडाइ गरेको हो ।

नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचीकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न पाइने छैन ।

‘सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेन्चर एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्,’ राष्ट्र बैंकले भनेको छ ।

त्यसैगरी खरिद गरेको एकवर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । यसअघि बैंकहरुले आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । 

https://www.nrb.org.np/contents/uploads/2021/05/circular-No-9.pdf

प्रतिकृया दिनुहोस्