प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा रामबहादुर थापालाई जिताउन आग्रह गरेका छन् । बुधबार अपिलपत्र जारी गर्दै ओलीले आफ्नो उम्मेदवार थापालाई जिताउन एमालेसम्बद्ध नेताहरुलाई आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले थापालाई नेपालको कम्युनिष्ट आन्दोलनको एक वरिष्ठ नेता भनेका छन् । ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुग्छ’ ओलीले अपील पत्रमार्फत भनेका छन् ।