पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पीसीआर परीक्षणबाट ३ हजार २४ जना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।
हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ।
आइतबार काठमाडौं उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।