काठमाडौँ - एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ५२ रनको लक्ष्य दिएको छ ।
बर्षाका कारण आउटफिल्ड केहि गिलो भएका कारण सात ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले सात ओभरमा ६ विकेट गुमाउँदै रन बनायो । राम्रो सुरुवात गर्न नसकेको ललितपुरले पाँच रनमा पहिलो विकेट गुमायो । उसका कप्तान कुशल भुर्तेल मात्र तीन रनमा आउट भए ।
त्यसपछि पवन सराफपनि ब्यक्तिगत पाँच रनमा आउट भएपछि ललितपुरले १२ रनमा दोस्रो विकेट गुमायो । यस्तै अज्मतुल्लाह ओमाराजईपनि मात्र एक रनमा पेभेलियन फर्किएपछि १८ रनमा ललितपुरले तेस्रो विकेट खेर फाल्यो । ललितपुरको स्कोर ३८ रन हुँदा चौथो विकेट गयो । उसका सन्दुम विराकोडी १९ रनमा आउट भए ।
यस्तै नारायण जोशीपनि ११ रनमा आउट हुँदा ५१ रनमा ललितपुरले पाँचौं विकेट गुमायो । त्यसपछि क्रिजमा आएका सन्दिप जोराले खाता खोल्न नसक्दा ललितपुरले छैटौं विकेट गुमायो । बलिङमा नन्दन यादवले तीन तथा विक्रम सोबले दुई विकेट लिए ।