×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौं - कतारमा जारी फिफा विश्वकप २०२२ को अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा पोल्याण्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।  
अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गर्‍यो । खेलको ४६ मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । मोलिनाको पासमा अलिस्टारले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ६७ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । 
फर्नान्डेजको पासमा अल्भारेजले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गर्दा अर्जेन्टिना २-० गोलले अघि बढेको थियो ।

पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिने अवसर गुमायो । ३९ औं मिनेटमा प्राप्त पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी गोल गर्न चुके । पोलिस गोलकिपरले मेस्सीमाथि फउल गरेपछि अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरिएको थियो । 

पहिलो खेलमा साउदी अरेबियासँग पराजित भए पनि अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई हरायो। लगातार दुई खेलमा जितसहित अर्जेन्टिनाले समूहमा ६ अंक जोड्न सफल भयो । 

हारका बाबजुत पनि पोल्याण्ड समूहको उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा स्थान बनाएको हो । 

यसअघि एक खेलमा जित र एकमा बराबरी खेलेका पोल्याण्ड र मेक्सिकोको समान ४-४ अंक भयो । अब अन्तिम १६ मा अर्जेन्टिनाले अस्ट्रेलिया तथा पोल्याण्डले फ्रान्सको सामना गर्नेछन् । 

प्रतिकृया दिनुहोस्