×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काँग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्यायो

काँग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्यायो

काठमाडौँ- नेपाली काँग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक छ । काँग्रेसले कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा अब काँग्रेस अधिवेशनको ढोका खुलेको छ । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन सकेको छैन ।

यस्तै १४ औँ महाधिवेशनमा सभापतिका दाबेदार तथा वर्तमान उपसभापति विमलेन्द्र निधिको गृह जिल्लामा पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । क्रियाशील छानबिन समितिका सदस्य योगचन्द्र चौधरीका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर एकमा १३ औँ महाधिवेशनका क्रियाशील सदस्यबाट अधिवेशन गर्ने गरी नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ ।

६४ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भइसक्दा पनि १३ जिल्ला अधिवेशन रोकिएको छ । शनिबारमा महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको छ । अब पर्सा, बारा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ ।

सोमबार नेतात्रय कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकबीच भएको छलफलबाट सैद्धान्तिक सहमति भएको छ । क्रियाशील सदस्यता विवाद भएका वडामा कसरी टुङ्ग्याउने भनेर उनीहरू प्रस्ट निर्देशन दिएका छन् । त्यसको कार्यान्वयन हुँदा विवाद टुङ्ग्याउन समस्या नभएको चौधरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्