×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धन दलका क्रियाकलापका कारण सङ्घीयता बदनाम भयो : ओली

गठबन्धन दलका क्रियाकलापका कारण सङ्घीयता बदनाम भयो : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई विखण्डित गर्ने प्रयास गरेको बताएका छन् ।

आज (बुधबार) झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलका क्रियाकलाप कै कारण सङ्घीयता समेत बदनाम भएको बताए । त्यस्तै, अध्यक्ष ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन् ।

यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताएका हुन् । पहिले समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाई छ ।

त्यस्तै, ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिद्धाउनेमा केन्द्रित रहेको तर्क गरे । अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको जिकिर गरे ।

प्रतिकृया दिनुहोस्