×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्सेमा १४ अंकको सुधार, ११ उपसमूहको सूचकमा हरियाली

नेप्सेमा १४ अंकको सुधार, ११ उपसमूहको सूचकमा हरियाली

काठमाडौं -नेप्से परिसूचक १४ अंकले बढेको छ। नेप्‍से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५३ अंकले बढेको छ।

यसदिन २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४  लाख ९ हजार ४११ रुपैयाँमा खरिदबिक्री भयो।

आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

शुभम पावर र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। सीवाईसी नेपाल लघुवित्त वित्तीयको मूल्य ५ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन शीर्ष स्थानमा रह्यो।

सो कम्पनीको १२ करोड मूल्य बढिको सेयर खरिदबिक्री भयो। यसैगरी हिमालयन डिस्टिलरी र छिमेक लघुवित्त वित्तीयको मूल्य क्रमश ९ करोड र ५ करोड बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो।

पाँच उपसमूहको १ प्रतिशत बढिले मूल्य बढेको हो। ११ उपसमूहको मूल्य बढ्दा मनु एन्ड प्रो र म्युचुअल फण्डको मूल्य घटेको हो।

प्रतिकृया दिनुहोस्