×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानन्यायाधीशमाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्दै

प्रधानन्यायाधीशमाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार बस्‍ने भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक बुधबार बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्ने सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ। २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।

प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाअभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले नौ दिनसम्म बैठक बस्न सकेको थिएन।

प्रतिकृया दिनुहोस्